एजेन्सी ।
उत्तर कोरियाली नेता किम जोंग उनको मृत्यु भइसकेको एक विज्ञले दावी गरेका छन् ।
केही समय अघि नेता किम कोमामा रहेको समाचार बाहिरीएको थियो । त्यस लगत्तै उनी पुन निको भएको जनाइएको थियो । तर, त्यस कुराको खण्डन गर्दै दक्षिण कोरियाका पुर्व राष्ट्रपति किम दाय् जंगका अधिकारी रहिसकेका चांग सोंग मिनले भने किमको मृत्यु भइसकेको दावी गरेका छन् । यस्तै, अबको केही दिन मै किमकी बहिनीले सबै सम्हाल्ने उनले बताए ।
डली एक्सप्रेससँगको कुराकानीमा उनले भने – ‘साँच्चै भन्ने हो भने उनको मृत्यु भइसकेको छ भन्ने लागेको छ तर त्यो देशका बारेमा केही भन्न सकिने अवस्था छैन । किमलाई लिएर उत्तर कोरिया आलटाल गर्ने जवाफ दिइरहेको छ । त्यसैले त्यहाँ कुनै ठुलो परिवर्तन हुन लागेको छ भन्ने लागेको छ ।’
केलीले भने – ‘जब किम जोंगका पिता किम जोंग इलको मृत्यु भएको थियो, त्यतिबेला पनि नागरिकलाई कयौं महिनापछि जानकारी दिइएको थियो । अहिले पनि त्यही भइरहेको छ भन्ने मलाई लागेको छ । यसको पुष्टि र स्थिति स्पष्ट त्यतिबेला हुनेछ जब उनकी बहिनी किम यो जोंग पुर्ण रुपमा सत्ता सम्हाल्ने छिन् ।’