बीमा शुल्कमा छुट दिन समितिको निर्देशन – Janadesh Daily | ePaper

बीमा शुल्कमा छुट दिन समितिको निर्देशन


जनादेश, काठमाण्डौ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनका अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले आज निर्जीबन बीमा कम्पनीलाई एक परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’अनुसार बन्द अवस्थाका कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभयो ।

समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमका लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने व्यवस्था चालु आवको बजेटमा नै रहेको स्मरण गराएको छ ।

समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनका लागि कायम हुने स्पष्ट पारेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्