एजेन्सी।
मुम्बई,
अमिताभ बच्चनले कौन बनेगा करोडपति (केबीसी)को आगामी सिजनको सुटिङ सुरु गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर सेयर गर्दै उनले केबीसीको सुटिङ थालेको जानकारी दिएका छन् ।
उनले लेखेका थिए, ‘काममा फेरि फर्क्यौं । निलो पीपीई, केबीसी १२ । सुरु भएको थियो २००० मा र अहिलेको वर्ष २०२० । २० वर्ष !’
उनले सार्वजनिक गरेको तस्बिरमा सबैजना निलो रंगको पीपीईमा देखिन्छन् । यो वर्ष अमिताभको लागि केही खास छ । केबीसीमा कार्यक्रम प्रस्तोता बनेको यो वर्ष २० वर्ष भयो । ब्रिटिस सो ‘हु वान्टसस टु वी बिलिनियर’को भारतीय फ्रेन्चाइज केबीसीको पहिलो सिजन सुन् २०००-२००१ मा प्रसारणमा आएको थियो ।
अमिताभले आफ्नो पछिल्लो ब्लगमा सतर्कता अपनाएर केबीसीको सुटिङमा जाने उल्लेख गरेका थिए । जुलाईमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मुम्बईको नानावती अस्पतालमा २० दिन बिताएपछि उनी घर फर्के ।
उनी अभिनित ‘ब्रह्मास्त्र’को कोरोनाका कारण प्रदर्शन रोकिएको छ । फिल्ममा उनीसँगै अभिनेता रणवीर कपुर र आलिया भट्टको अभिनय छ । यसअघि अभिताभ र आयुष्मान खुराना अभिनित ‘गुलाबो सतावो’ डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएको थियो ।