एजेन्सी ।
वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएक छन् । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । सन् २०२१ सम्म पृथ्वीमा २० वटा मुला ल्याउनका लागि नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले स्टोरेजमा राखेकी छिन् ।
नासाले ट्वीटरमा यसबारे जानकारी दिएको छ । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् ।
इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ । नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन ।