काठमाडौं ।
आज काठमाडौँ उपत्यकामा थप २ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।