जनादेश, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको स्रोतले जनाएको छ ।
ओलीले २७ गते प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै देउवा निवासमा पुगेका हुन् । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै ओली पार्टीका नेतासहित प्रधानमन्त्री भएपछि देउवा निवास गएको यो पहिलो घटना हो ।