माधव नेपालको पार्टीमा जिम्मेवारी बाँडफाँट, विदेश विभाग झलनाथलाई, विद्यार्थी र युवाहरू असन्तुष्ट – Janadesh Daily | ePaper

माधव नेपालको पार्टीमा जिम्मेवारी बाँडफाँट, विदेश विभाग झलनाथलाई, विद्यार्थी र युवाहरू असन्तुष्ट


जनादेश, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरुको टुंगो लगाउदै जिम्मेवारी समेत तोकेको छ ।

अन्तरपार्टी निर्देशन जारी गर्दै एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । सवै जिल्ला जनवर्गिय संगठन लगायतहरु समेटेर केन्द्रीय समितीलाई पुर्णाता दिएको पार्टीले जारी गरेको अपानीमा उल्लेख गरिएको छ ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणीज्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, उपाध्यक्ष प्रमेश हमाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । सवै जिल्ला प्रदेश र केन्द्रीय विभागहरुको जिम्मेवारी समेत टुंगो लगाईएको हो ।

जनवर्गीय संगठनहरुको जिम्मेवारी समेत टुंगो लागेको छ । सवै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिईने गरि तीन महिने संगठनको सुदृढिकरण अभियान सञ्चालन गरिने उल्लेख छ ।

एक वडा एकसय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाउने गरि अभियानको थालनी गरिएको पार्टीले जनाएको छ ।यसैबीच पार्टी भित्र विधि मापदण्ड बाहिर रहेर जिम्मेवारी तोकिएको भन्दै असन्तुष्टी चुलिएको छ ।

पार्टीको विद्यार्थी सँगठनका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जाल मार्फत पार्टीको संरचना युवा मैत्री नभएको भन्दै आफन्तवाद तथा निजि स्वार्थ हावी भएको उल्लेख गरेका छन् ।अध्यक्ष पराजुलीले संकिर्ण भावना राखेर पार्टी निर्माण नहुने समेत ठोकुवा गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्