जनादेश वाच।
चितवनको भरतपुरमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएकाे छ । साेमबार बिहान सवा ५ बजेकाे परिणाम अनुसार ९३७० मतगणना हुँदा सुवेदीले ३३२४ मत पाएका छन् ।
दाहालले ३३०६ मत पाएकी छन् । बागी उम्मेदवार जगन्नाथ पाैडेलले ११८७ मत पाएका छन् ।
रेणुप्रति कांग्रेसीको बैमानी
मतको ट्रेन्ड हेर्दा सत्ता गठबन्धका अन्य उमेदवारले शतप्रतिशत प्यानल मत पाएको देखिन्छ ।
वडा नम्बर १ मा निर्वाचित कांग्रेस वडाध्यक्षले १३९७ मत पाएका थिए भने वडा नम्बर २ मा कांग्रेसबाटै निर्वाचित वडाध्यक्षले २१०५ मत पाएका छन् । यो जोड्दा ३५०२ मत हुन्छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४९८ मत पाएका छन् । अर्थात वडाध्यक्षले पाएको मतभन्दा चार मतमात्रै कम पाएका छन् । तर सोही अनुपातमा रेनुले भने मत पाएकी छैनन् ।