एजेन्सी । भारतीय ह्याकर समूहले आइतबार बेलुका सवा ५ बजेतिर नेपाल उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गर्याे । त्यसको आधा घन्टाभित्रै वेबसाइट प्राधिकरणकै नियन्त्रणमा आएको थियो ।
GH057_5P3C7P6 नामको ट्विटर हेन्डलबाट सक्रिय भारतीय ह्याकरको समूहले नेपाल उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेपछि ट्विटरमा पोस्ट गरेको थियो । प्राधिकरणका आइटी विभागका अधिकारीहरूले ह्याक भएको १५ मिनेटपछि जानकारी पाएको बताएका छन् ।
वेबसाइट ह्याक गरेपछि वेबसाइटमा भारतको झन्डा र ह्याकरले केही वाक्यहरूले लेखेका थिए । त्यसपछि भारतीय ह्याकरले वेबसाइट ह्याक गरेको समाचार जताततै फैलिएकाे थियाे ।