काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले अध्यक्ष नियुक्ति सम्बन्धी सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
अब नयाँ अध्यक्ष नियुक्तिका लागि पुनः नयाँ प्रक्रिया सुरु हुने छ ।