काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घटेर दुई हजार ०३७.०९ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ३२, होटल तथा पर्यटन २१, हाइड्रोपावर २७, माइक्रोफाइनान्स ६२, जीवन बीमा ४५, निर्जीवन बीमा २९, व्यापार ८ अन्य उपसमूह १५ अंकले घटेको छ । त्यस्तै, उत्पादन १ र फाइनान्स उपसमूह ८ अंकले बढेको छ ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मुक्तिनाथ कृषी कम्पनीको सेयर ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।
यस दिन ३२० कम्पनीको ९१ लाख कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भएको छ ।