जनादेश, काठमाण्डौ ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जन्मदिनको अवसर पारेर आफ्नो गल्ती स्वीकार गरेकीछन् । जन्मदिनकै अवसरमा उनले केही समयपछि सार्वजनिक अभिव्यक्ति समेत राखेकी छन् ।
२०६० सालमा निर्माण भएको हाँस्य सिरियल ‘तितो सत्य’ पछि कलाकारितामा आफुले पछाडी फर्किएर हेर्नु नपरेको समेत उल्लेख गरेकी दीपाले चलचित्र, टेलिचलचित्रमा दर्शकले दिएको माया प्रति आभार समेत ब्यक्त गरिन् ।
फेसबुक मार्फत उनले भनेकीछन, ‘कामको सफलता त पाएँ मैले । तर व्यक्तित्व विकासका कुरामा भने मेरो अझै कमजोरी रहेछ,’ दीपाले अगाडि भनेकी छन्, ‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्नेमा मेरो अझै कमजोरी रहेछ । यो कुरा फिल गरे ।’
विवादले आफुलाई राम्रो शिक्षा दिएको बताएकी दीपाले ठूलो आँधीबेरी आएपछि रुखमा कुहिएका फलहरु झरे झैँ आफ्नो कमजोरी बिवादको आधीँबेरीले झारेको बताइन् । उनले थपिन् ‘अन्तरवार्तामा मैले तीवटा गल्ती गरे ।’
अब आउँदा दिनहरुमा आफुलाई परिस्कृत गरेर स्रोता दर्शक माझ प्रस्तुत हुने छु । यहाँहरु साथ, सहयोग र मायाँ सधैं प्राप्त हुनेछ ।