मकवानपुरमा ‘खाद्य बैंक’ सञ्चालन गरिने – Janadesh Daily | ePaper

मकवानपुरमा ‘खाद्य बैंक’ सञ्चालन गरिने


वाग्मती,

मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौँडामा ‘खाद्य बैंक’ सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेशनले अभियानका रूपमा खाद्य बैंक सञ्चालन गर्न लागेको हो ।

फाउण्डेशनले आगामी सोमबारदेखि हेटौँडाको अटोल्याण्ड चोकमा खाद्य पदार्थको सङ्कलन तथा वितरण केन्द्र स्थापना गर्न लागेको फाउण्डेशनका जिल्ला अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए।

कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक सङ्कटले बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका तथा न्यून आय भएका परिवारलाई लक्षित गरेर खाद्य बैंक सञ्चालन गर्न लागिएको उहाँले बताए।

फाउण्डेशनले सोमबारबाट ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियान शुरु गर्न लागेको उहाँको भनाइ छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्