सनराइज फर्स्ट म्युचुअल फन्ड : सेयरमा लगानी १८.४५%ले बढ्यो – Janadesh Daily | ePaper

सनराइज फर्स्ट म्युचुअल फन्ड : सेयरमा लगानी १८.४५%ले बढ्यो


जनादेश, काठमाण्डौ ।

सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) ११.२० रुपैयाँ कायम भएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार यो गत महिना असारको तुलनामा २२ पैसाले बढी हो। गत महिना यो फन्डको न्याभ १०.९८ रुपैयाँ कायम भएको थियो।

योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको यो ७ वर्षे फन्डको कुल नाफा १ करोड ९० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो महिना ८ करोड ३८ लाख रुपैयाँ रहेको थियो।

यो फन्डको कुल लगानी साउन मसान्तसम्म ६४ करोड ७३ लाख रुपैयाँ रहेको छ। जुन असार मसान्तसम्मको तुलनामा २१.७३ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म यो फन्डको कुल लगानी ५३ करोड १७ लाख रुपैयाँ रहेको थियो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्