निक्षेप तथा कर्जाको बीमा संख्या बढ्यो – Janadesh Daily | ePaper

निक्षेप तथा कर्जाको बीमा संख्या बढ्यो


जनादेश, काठमाण्डौ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषमा निक्षेप तथा कर्जाको बीमा संख्या बढेको छ । कोषका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महीना साउनमा मात्रै थप ६ लाख ३८ हजार निक्षेपकर्ताको बीमा गरिएको छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रका अनुसार साउनसम्ममा निक्षेप बीमाको खाता संख्या बढेको छ । बैंकहरूको शाखा गाउँ गाउँमा विस्तार भएकाले निक्षेपकर्ता बढेको उनको भनाइ छ ।

साउनसम्ममा सबै बैंक तथा वित्तीय संस्थाका २ करोड ६६ लाख ६४ हजार प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपको बीमा गरिएको छ ।

कोषले गत असार मसान्तसम्ममा ७२ ओटा बैंक तथा वित्तीय संस्थाका २ करोड ६० लाख खातामा रहेको रकम रू. ६ खर्ब ८९ अर्ब ४९ करोड निक्षेप सुरक्षण गरेको थियो । यसअघि २०७६ असार मसान्तमा २ करोड २२ लाख खातामा रहेको रू. ६ खर्ब ३ अर्ब ३९ करोड निक्षेप सुरक्षण गरिएको थियो ।

निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने बैंक तथा वित्तीय संस्थाका २ करोड ६६ लाख ६४ हजार निक्षेपकर्ताको रू. ७ खर्ब १३ अर्ब निक्षेप सुरक्षित छ । साथै, ८ लाख ९९ हजार ऋणीको ८० अर्ब रुपैयाँ कर्जा समेत सुरक्षण गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्