निषेधाज्ञाको मारमा व्यवसायी – Janadesh Daily | ePaper

निषेधाज्ञाको मारमा व्यवसायी


वागलुङ,

तीन महिनासम्म नराम्ररी थलिएको व्यापार/व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो ।

ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पुनः एकाएक बजार बन्द भयो ।

बन्दाबन्दीपछि बौरन लागेको व्यवसायमा फेरि मार थपियो । कोरोना सङ्क्रमणको त्रासले व्यवसाय बन्दाबन्दीको पुरानै स्थितितिर फर्कियो । भोलि सोमबार बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भएको दुई साता पुग्दैछ ।

बजार बन्द हुँदा काम गरी खाने वर्ग र व्यवसायी चर्को मारमा छन् । महामारीबाट बच्न निश्चित समयलाई ‘सटर’ बन्द गर्न तयार व्यवसायी यही अवस्था लम्बिँदै गएमा विकल्प खोज्नुपर्ने मनस्थितिमा पुगेका छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराएर बजार खोल्नुपर्ने धारणा व्यवसायीको छ ।

अध्यक्ष राजभण्डारीले किराना, फेन्सीलगायतका पसल आलापालो गरेर पनि सञ्चालन गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने निषेधाज्ञा थपघटबारे अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्