पाँच महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान, यस्तो छ पहिलो उडानको तयारी – Janadesh Daily | ePaper

पाँच महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान, यस्तो छ पहिलो उडानको तयारी


जनादेश संवाददाता
भदौ १६, काठमाडौं ।

पाँच महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय हवाई उडान सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । देशमा कोरोना संक्रमणको जोखिम बढेपछि पाँच महिनादेखि प्रतिबन्धित अन्तर्राष्ट्रिय उडान मंगलबारदेखि नियमित तालिकामा फर्किएको हो ।

वुधवार राति १ बजे नेपाल वायुसेवा निगमको जहाज एयरबस ३३० जपानको नारिताका लागी ४८ यात्रु सहित उडान भरेसंगै नियमित उडान औपचारिरुपमा सुचारु हुनेछ भने जहाज जपानवाट २ सय १३ जना यात्रु लिएर स्वदेश फर्केने छ ।

पूर्वघोषित दैनिक २ उडानको सट्टा ५ वटा उडान र चार्टर्ड उडानलाई समेत निरन्तरता दिने गरी अन्तर्राष्ट्रिय उडान सुरु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता
चन्द्रलाल कर्णले दिनुभयो । यस अघि सरकारले दैनिक २ वटा नियमित उडान मार्फत ५ सय जना यात्रु मात्रै ल्याउने निर्णय गरेपनि निर्णय परिवर्तन गर्दै दैनिक ५ वटा फ्लाइट मार्फत ८ सय यात्रु ल्याउने निर्णय गरिसकेको छ ।

सीमत उडानले उद्दारको पर्खाईमा रहेकाहरु निराश

सरकारले नेपालीहरु रहेको मुख्य गन्तव्य कतार, साउदी अरेविया, कुवेत लगायतका मुलुकमा भने चार्टड फ्लाइटमार्फत मात्रै उडान सञ्चालन गर्ने हुँदा ती मुलुकमा रोजगारी गुमाएर उद्दारको पर्खाइमा रहेका नेपालीहरु सहजरुपमा स्वदेश फर्कन नपाउने देखिएको छ । हालसम्म उद्दार फ्लाइ मार्फत हालसम्म संयुक्त अरव इमिरेटवाट १५ हजार २ सय १०, मलेसियावाट ८ हजार २ सय ७६, कतारवाट ६ हजार २ सय ६२, साउदी अरववाट ८ हजार २ सय २८ र कुवेतवाट ६ हजार ५ सय ९४ जनाको उद्धार गरिएको छ । पिसिआर परीक्षणको सहज व्यवस्था नभएकाले यात्रु ल्याउन नमिलेको प्रवक्ता चन्द्रलाल कर्णले दाबी गर्नुभयो ।

उडान सुचारु भएसँगै १० वायु कम्पनीले ८ मुलकका १० गन्तव्यमा उडान भर्ने तयारी थालेका छन् । विमान सेवा कम्पनीहरुले आफ्नो उडानका उडानको तालिकाहरु सार्वजनिक गरिसकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्