त्रिवि शिक्षण अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

त्रिवि शिक्षण अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु


जनादेश, काठमाण्डौ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालको कोभिड अस्थायी युनिटमा उपचाररत ७१ बर्षीय पुरुष र २० बर्षीया महिलाको मंगलबार उपचारका क्रममा मृत्यु भएको युनिट संयोजक प्राडा शान्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार२० बर्षीया महिला तनहुँकी हुन् । बाथ र मिर्गौला सम्वन्धी समस्या भएकी उनलाई अल्का अस्पतालबाट मंगलबार मात्रै शिक्षण अस्पताल ल्याइएको थियो । यस्तै अर्का मृतक भक्तपुरका हुन् ।

उनी सोमबार बेलुका अस्पतालको आकस्मिक कक्षमा आएका थिए । उनमा सुगर प्रेसर जस्ता दीर्घरोग थियो ।

डा दाशले अस्पतालमा अहिले ८० जना कोरोना संक्रमितको उपचार भइरहेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्