६ महिनापछि १५ सय भन्दामाथि उक्लियो नेप्से, इतिहासकै तेश्रो ठूलो कारोबार – Janadesh Daily | ePaper

६ महिनापछि १५ सय भन्दामाथि उक्लियो नेप्से, इतिहासकै तेश्रो ठूलो कारोबार


जनादेश, काठमाडौं ।

शेयर बजार परिसुचक नेप्से छ महिनापछि पुरानै विन्दुमा फर्किएको छ । आज ४ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव पाँच-सात अंकमा पुगेर बन्द भएको छ ।

लकडाउनका कारण देशको अर्थतन्त्र सुस्ताइरहेको समयमा शेयर बजारमा भने उत्साह देखिएको हो । नेप्से १ हजार ५ सय भन्दा माथि पुगेको ६ महिनामा यो पहिलो पटक हो । यस अघि नेप्से २०७६ फागुन १८ गते १ हजार ६ सय २० अंकमा पुगेको थियो । त्यसको दुई दिन पछि १ हजार ५ सय १ अंकमा झरेको नेप्से छ महिनापछि पुनः उक्त विन्दुमा पुगेको हो ।

शेयर बजारमा पछिल्लो समय अनलाइन कारोबार भैरहेको छ । निषेधाज्ञामा पनि खुलेको बजारमा लगानीकर्ताको आकर्षण देखिएको विश्लेषकहरुले बताएका छन् । अन्य क्षेत्रमा लगाउने पैसा शेयर बाजरमा भित्रिदा कारोबार बढेको उनीहरुको भनाई छ ।

बुधबार नेप्सेको इतिहासमा एकै दिनमा तेस्रो ठूलो कारोबार रेकर्ड समेत भएको छ । यसअघि २०७६ फागुन १५ गते ४ अर्ब ३६ करोड रुपैयाँ बारबरको कारोबार भएको थियो ।

बुधबार १ सय ८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बढीको ९६ लाख ८६ हजार ९ कित्ता शेयर खरिद विक्री भएको छ । बुधबार जीवन बीमा र निर्जीवन बीमा समूह बाहेकका सबै समूहका सूचक बढेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्