निषेधाज्ञा तोड्दै तानियो रातो मच्छिन्द्रनाथको रथ – Janadesh Daily | ePaper

निषेधाज्ञा तोड्दै तानियो रातो मच्छिन्द्रनाथको रथ


जनादेश काठमाडौं ।

निषेधाज्ञाकाबीच रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको रथलाई स्थानीय युवा र केही गुठीयारहरूले निषेधाज्ञा तोडेर तान्ने प्रयास गरेका हुन् ।

प्रचलनअनुसार मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने भएकाले निषेधाज्ञा मिचेको स्थानीय वासिन्दाले बताएका छन् । असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो । मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ ।

गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन। लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो।
अभियन्ताहरुले रथयात्राका क्रममा गरेको फेसबुक लाइभमा थुप्रै मानिसहरु रथ तान्न झुम्मिएको देखिएको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्