रथयात्राबारे ललितपुर महानगरका मेयर महर्जन अनभिज्ञ ! – Janadesh Daily | ePaper

रथयात्राबारे ललितपुर महानगरका मेयर महर्जन अनभिज्ञ !


काठमाडौँ ।

कोरोना महामारीकाबीच सामाजिक दूरी बिनानै सुरु गरिएको रातो मछिन्द्रनाथको रथयात्राबारे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जननै अनविज्ञ रहेको बताए ।

उनका अनुसार रथयात्राबारे छलफल आज मात्र हुुने भएको थियो । आज सयौँको संख्यमा भेला भएका स्थानीयले निषेधाज्ञा उल्लंघन गर्दै रातो मछिन्द्र नाथको रथलाई पुलचोकबाट गाबहालतर्फ लगेका छन् ।

मेयर महर्जनका अनुसार भाद्र १० गते रथ बनाउने, रथ तान्ने संस्था, स्थानीय र जनप्रतिनिधिबीच बसेको बैठकले गुठी संस्थानले गरेको निर्णय स्विकार गर्ने निर्णय गरेको थियो । आजको रथयात्राका बारेमा भने आफु अनविज्ञ रहेको महर्जनले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्