कोरियामा १८ नेपाली कोरोना सङ्क्रमित – Janadesh Daily | ePaper

कोरियामा १८ नेपाली कोरोना सङ्क्रमित


सउल ।

दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्