बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बीमा – Janadesh Daily | ePaper

बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बीमा


जनादेश, काठमाण्डौ ।

नेपाल बक्सिङ सङ्घले बक्सिङका प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरेको छ ।

सङ्घले ३२ प्रशिक्षक तथा २० निर्णायक गरी ५२ जनाको कोरोना बीमा गरेको हो ।

सङ्घका प्रवक्ता श्याम अवालेका अनुसार सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको अवालेले जानकारी दिनुभयो ।

बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बीमापत्र प्रमुख प्रशिक्षक प्रकाश थापामगर र एशियाली खेलकूदका कास्य पदक विजेता एवं सङ्घको प्रविधिक समितिका संयोजक दीपक महर्जनलाई हस्तान्तरण गर्नुभएको छ ।

यसअघि १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको कोरोना बीमा बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्