ललितपुर चक्रपथ क्षेत्रभित्र शुक्रबार विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू – Janadesh Daily | ePaper

ललितपुर चक्रपथ क्षेत्रभित्र शुक्रबार विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू


जनादेश, काठमाण्डौ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारी, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले कर्फ्यू आदेश जारी गर्ने निर्णय गरे अनुसार भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको र रथलाई पुल्चोकबाट ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको नागरिकखबरलाई जानकारी दिए ।

प्रहरीले अराजक क्रियाकलाप र प्रहरीमाथि हातपात गर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्