१ करोड ८६ लाख ४६ हजार भन्दा बढी संक्रमणमुक्त
एजेन्सी ।
गत चौबीस घण्टामा संसारमा २ लाख ८५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ करोड ६४ लाख ६५ हजार भन्दा बढी पुगेको छ ।
त्यस्तै चौबीस घण्टामा थप ५ हजार ८ सय ५१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । संसारमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ७२ हजार भन्दा बढी पुगेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।
कुन देशमा कति ?
संसारमा अहिलेसम्म सर्वाधिक संक्रमित रहेको अमेरिकामा चौबीस घण्टामा ४३ हजार भन्दा बढी संक्रमित थपिएर ६३ लाख ३४ हजार जना संक्रमित पुगेका छन् ।
त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ९१ हजार भन्दा बढी पुगेको छ । हिजोमात्र त्यहाँ १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।
त्यस्तै दोश्रो स्थानमा रहेको ब्राजिलमा ४० लाख ४६ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँ चौबीस घण्टामा ८ सय ३० भन्दा बढी संक्रमित थपिएका छन् ।
संसारमा तेश्रो सर्वाधिक संक्रमित रहेको भारतमा चौबीस घण्टामै ८४ हजार भन्दा बढी संक्रमित थपिएका छन् । जुन् एकदिनमा भेटिने संक्रमितको अहिलेसम्मकै सर्वाधिकको रेकर्ड हो ।
संसारमा कोरोना निको हुनेको संख्या १ करोड ८६ लाख ४६ हजार भन्दा बढी छ । अहिले संसारमा ६९ लाख ३७ हजार सक्रिय संक्रमित छन् ।