वीर अस्पतालमा मृत्यु भएका केन्द्रीय कारागारका तीन कैदीमा कोरोना पुष्टि – Janadesh Daily | ePaper

वीर अस्पतालमा मृत्यु भएका केन्द्रीय कारागारका तीन कैदीमा कोरोना पुष्टि


जनादेश, काठमाडौँ ।

केन्द्रीय कारागारका तीन कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

१६ भदौमा वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । कोरोना पुष्टि हुनेमा ६०, ६४ र ५८ वर्षीय पुरुष छन् । उनीहरू बझाङ, सिरहा र पाल्पा कारागारबाट उपचारका लागि काठमाडौं ल्याइएका कैदी हुन् ।

यसअघि कोरोना संक्रमणबाट मेगा अस्पतालमा ४० वर्षीय १ कैदीको मृत्यु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्