कोरोनाका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीको मृत्यु – Janadesh Daily | ePaper

कोरोनाका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीको मृत्यु


जनादेश, काठमाण्डौ ।

कोरोना संक्रमणका कारण विश्वभर हालसम्म ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मेक्सिकोमा मात्रै १ हजार ३ सय स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको प्रतिवेदनले जनाएको छ ।

यस्तै, अमेरिकामा १ हजार ७७, बेलायतमा ६ सय ४९, ब्रजिलमा ६ सय ३४ र भारतमा ५ सय ७३ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । कतिपय मुलुकमा त स्वास्थ्यकर्मीको मृत्यु दर्ता नै नभएकाले यो संख्या बढ्नसक्ने एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ ।

महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी सबैभन्दा सुरक्षित रहेर कार्यक्षेत्रमा खटिनुपर्नेमा उनीहरु नै बढी प्रभावित हुनु दुखद भएको एम्नेष्टीका आर्थिक तथा सामाजिक ज्याय मामिला प्रमुख स्टेभ कोक बर्नले बताएकाछन् ।

एजेन्सीको सहयोगमा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्