बेलझुण्डि रंगशाला निर्माणको अन्तिम चरणमा – Janadesh Daily | ePaper

बेलझुण्डि रंगशाला निर्माणको अन्तिम चरणमा


चन्द्रप्रकाश नेपाली, घोराही ।

दाङको बेलझुण्डी रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई बर्ष अघिदेखि निर्माण सुरु भएको रंगशालाले आफ्नो अन्तिम रुप लिदैछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका एथ्लेटिक्स, फुटबल लगायतका खेल भएको रंगशालाको काम अन्तिम चरणमा पुगेको हो ।

निर्माणाधीन रंगशालाको भिआईपी प्याराफिट भित्र कार्पेटिङ, बायरिङ र केही पार्टेशनको काम बाहेक सम्पूर्ण काम सकिएको निर्माण कम्पनीले जनाएको छ । रंगशाला २४ करोड २४ लाख रुपैयाँमा निर्माण भैरहेको छ ।

भिआईपी प्याराफिट, खेलाडीको लागि चेन्जिङ रुम, रेफ्री रुम, मिडिया सेन्टर निर्माण भएको छ ।

फिफाको मापदण्ड अनुसार निर्माण गरिएको यस रंगशालामा भारतको कोलकाताबाट ल्याएर दुबो रोपिएको छ भने प्याराफिटको सामाग्री चीनबाट ल्याईएको हो । अत्याधुनिक रंगशाला बनेपछि खेलाडीहरु पनि उत्साहित बनेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्