देशभर आज थप १ हजार ३५९ जनामा कोरोना पुष्टि, उपत्यकामा संक्रमितको संख्या ७ हजार ४९२ पुग्यो – Janadesh Daily | ePaper

देशभर आज थप १ हजार ३५९ जनामा कोरोना पुष्टि, उपत्यकामा संक्रमितको संख्या ७ हजार ४९२ पुग्यो


जनादेश, काठमाडौँ ।

देशभर आज थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म २५ हजार ५६१ उपचारपछि निको भएका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा आज थप ४५४ जना कोरोना संक्रमित थपिएका छन्।

बिहीबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको  डा. गौतमले जनाएका छन् । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्