हत्यापछि आत्मसमर्पण – Janadesh Daily | ePaper

हत्यापछि आत्मसमर्पण


धादिङ ।


नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका छन् । स्थानीयवासी सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अभियुक्त राजु परियारले जनाएका छन् ।

हत्यामा संलग्न अभियुक्त २६ वर्षीय परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । शव धादिङ अस्पतालमा परीक्षणका लागि राखिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्