मोनमोहन अस्पतालमा वितण्ड मच्चाउने तीन युवा प्रहरी नियन्त्रणमा, सात फरार – Janadesh Daily | ePaper

मोनमोहन अस्पतालमा वितण्ड मच्चाउने तीन युवा प्रहरी नियन्त्रणमा, सात फरार


जनादेश, काठमाडौं ।

मनमोहन अस्पतालमा वितण्ड मच्चाउने तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार युवाहरुबीच फुटबल खेल्ने क्रममा विवाद भएको थियो । दुई मुहबीच भएको झडपमा घाइते भएका युवक मनमोहन अस्पतालमा भर्ना भएका थिए । इमरेजेन्सीमा भर्ना भएका ती युवकलाई खोज्दैै ढुंगेधाराका युवाहरु अस्पतालसम्म पुग्दा थप झडप भएको थियो ।

झगडा गर्ने तीन जना प्रहरी नियन्त्रणमा रहेको र फरार रहेका सात जनाको समेत खाजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्