टोखामा प्रादेशिक अस्पताल निर्माण हुने – Janadesh Daily | ePaper

टोखामा प्रादेशिक अस्पताल निर्माण हुने


काठमाडौँ ।


टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ ।

वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने निर्णय गरेको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

टोखाको भदौ ७ गते बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले प्रदेश सरकारलाई प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्न सिफारिस गरेको थियो । उक्त स्वास्थ्य केन्द्र अब प्रदेश मातहत अस्पतालका रुपमा सञ्चालन हुनेछ । उक्त स्वास्थ्य केन्द्र स्तरोन्नतिसँगै ५० श्यया अस्पताल बन्नेछ ।

प्रदेश सरकारले हरेक जिल्लाको एउटा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँको प्रादेशिक अस्पतालमा पर्न सफल भएको हो । केन्द्रमा आइसोलेशन सेन्टर स्थापना गरेर कोभिड–१९ का बिरामीको उपचार गरिएको । शुरुमा १७ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएकोमा वस्था हेरेर क्रमशः सय श्यया पु¥याउने लक्ष्य राखेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो ।

टोखामा बिहीबारसम्म २३३ कोरोना सङ्क्रमित देखिएका छन् जसमध्ये ९२ डिस्चार्ज र १३८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ९९ होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताउनुभयो । नगरपालिकाले होम आइसोलेशनमा बसेर कोरोना उपचार गराइरहेका बिरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गर्दै आइरहेको छ ।

वाग्मती प्रदेशको बिहीबारको बैठकले टोखाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, दोलखाको चरिकोट अस्पताल र चितवनको बकुलर रत्ननगर अस्पताललाई स्तरोन्नती गरी प्रदेश अस्पताल बनाउने निर्णय गरेको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्