शिक्षा क्षेत्रका लागि विश्व बैंकद्वारा सवा अर्ब अनुदान – Janadesh Daily | ePaper

शिक्षा क्षेत्रका लागि विश्व बैंकद्वारा सवा अर्ब अनुदान


जनादेश, काठमाण्डौ ।

नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि करिब एक अर्ब सत्ताइस करोड रुपैयाँ (एक करोड पचासी लाख अमेरिकी डलर) सहयोग सम्झौता सम्पन्न भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपाल-माल्दिभ्स-श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो रकम नोवेल कोरोना भाइरस (कोभिड-१९) संकटकाबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन खर्च गरिने सम्झौतामा उल्लेख छ ।

सहसचिव नेपालले अनुदान रकम महामारीले गर्दा प्रभावित बालबालिकाको सिकाइलाई निरन्तरता दिन र विद्यार्थी तथा शिक्षकमा परेको मनोवैज्ञानिक प्रभाव कम गर्न उपयोगी हुने बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्