निराश भएपछि मेस्सीले भनेः मुद्दा मामिला गर्नुभन्दा बार्सामै बस्छु – Janadesh Daily | ePaper

निराश भएपछि मेस्सीले भनेः मुद्दा मामिला गर्नुभन्दा बार्सामै बस्छु


एजेन्सी ।
विश्व चर्चित फुटबलर लियोनल मेस्सीले आउँदो सिजन पनि स्पेनिस क्लब बार्सिलोनाबाटै खेल्ने भएका छन् ।

क्लबका कप्तान समेत रहेका मेस्सीले क्लब छोड्न चाहेको सार्वजनिक गरिसकेका थिए । तर क्लब छाड्न लामो संघर्ष गर्दा पनि असफल भएपछि निराश बनेका उनी आगामी सिजन बार्सिलोनामै रहने पक्का भएको हो ।

मेस्सीले बार्सा छोड्न चाहेको तर विभिन्न झन्झट आइलागेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि पोखेका छन् । ‘म अहिले खुसी छैन। म क्लब छाड्न नै चाहिरहेको नै थिएँ। तर मलाई कुनै पनि हालतमा क्लब छाडेर जान दिइएन । म अब बार्सिलोनामा नै रहन्छु किनभने आफू हुर्किएको क्लबसँग मुद्दा मामिला गर्न चाहन्नँ’ मेस्सीले भनेका छन्।

जुन १० मा नै क्लब छाड्न चाहेको बताउनुपर्ने भनिएको तर त्यतिबेला ला लिगामा प्रतिस्पर्धा गरिरहेको भन्दै उनले सिजन नसकिएकै अवस्थामा बताउन नसकेको पनि मेस्सीले उल्लेख गरेका छन् ।

क्लबका अधिकारीहरु आफूलाई छोड्न नदिनेमा लागिपरेको उनले खुलासा गरेका छन् । “क्बलका अध्यक्षका अनुसार ७०० मिलियन युरो बिना आफूले क्लब छाड्न नपाउने र त्यसैले असम्भव भएकाले म क्लबमा नै रहन्छु’ मेस्सीले भनेका छन्।

मेस्सीले आफू क्लबमा रहने तर नेतृत्वको काम सहि नरहेको भनेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्