अब के होलाः खतिवडाको बहिर्गमनसँगै शेयर बजारमा अड्कलवाजी – Janadesh Daily | ePaper

अब के होलाः खतिवडाको बहिर्गमनसँगै शेयर बजारमा अड्कलवाजी


जनादेश, काठमाडौं ।
डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि निरन्तर नकारात्मक र निराशाजनक रहँदै आएको क्षेत्र मध्ये एक हो शेयर बजार ।

राष्ट्रबैंकको नेतृत्वमा हुँदादेखि नै शेयर बजारप्रति अनुदार मानिने अर्थमन्त्रीलाई लगानीकर्ताले अर्थमन्त्रीकोरुपमा पनि मन पराएनन् ।

‘शेयर बजारलाई अनुत्पादनमुलक क्षेत्र’ करार गरेपछि शेयर लगानीकर्ताले खतिवडालाई रुचाउन छोडेका थिए । उनी नियुक्त हुने समयमा १३७४ अंकमा रहेको नेप्से सूचक उनको विदाई हुने खवरसँगै बढिरहेको छ ।

विहीबार कारोबार बन्द हुँदा नेप्से १५१० दशमलव ४२ अंकमा पुगेको थियो । खतिवडा बहिर्गमनको चर्चासँगै गत साता शेयर बजारमा करोबार रकमको रेकर्ड पनि बनेको थियो ।

ओरालो क्रममा रहेको बजार खतिवडाको नियुक्तिसँगै उनको छायाँले दुई महिनाभित्र शेयर बजार १८२ अंकले घट्यो। नेपाल स्टक एक्सचेन्ज अगाडि उनको राजीनामा माग गर्दै प्रदर्शन र अनशन समेत भयो ।

तर ६ महिना अघि राष्ट्रिय सभामा खतिवडाको कार्यकाल सकिने र अर्थमन्त्री नरहने हल्ला चल्नासाथ शेयर बजारमा उछाल आएको थियो ।
अहिले मन्त्री खतिवडा जाने हल्लाकाबीच दुई सातामा बजार परिसूचक ११४ अंकले सुधार भएको छ। विगत तीन महिनाको अवधिमा ३३२ अंकले सुधार भइसकेको छ ।

शेयर बजारसँग हेट रिलेसनमा रहेका खतिवडाको बहिर्गमनले सुरुवाती प्रतिक्रिया कस्तो देखाउँछ भनेर लगानीकर्ताले आइतबारको कारोबार सुरु हुने समय कुरिरहेका छन् । हल्लाकै भरमा बढेको शेयर बजारमा मन्त्री बहिर्गमनले नयाँ उछाल आउन सक्ने कतिपयको अनुमान छ ।

यो पनि पढ्नुस्ः बामदेवलाई सिफारिश नगरेर ओलीले राखेको ‘सस्पेन्स’ 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्