अस्पताल कर्मचारीको शव फेला, एकजना पक्राउ – Janadesh Daily | ePaper

अस्पताल कर्मचारीको शव फेला, एकजना पक्राउ


ललितपुरको लेलेस्थित अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ । केही दिनदेखि हराइरहेकी उनको शब गोदावरी नगरपालिका–१० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

शब फेला परिसकेपछि उनको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताएको छ । तीन दिनअघि हराएको भन्दै ललितपुर प्रहरी कार्यालयमा निवेदन परेपछि उक्त निवेदनका आधारमा उनको खोजी सुरु भएको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन ।

खोजी गर्दा उनको शब गए राति फेला परेपछि शब परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । शब परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो । राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले  बिहान गएर शव उठाएको थियो ।

आफन्तले आज उनकै शव भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदारलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्