जबरजस्ती करणीको आरोपमा दुई पक्राउ – Janadesh Daily | ePaper

जबरजस्ती करणीको आरोपमा दुई पक्राउ


जनादेश, कञ्चनपुर ।

बेदकोट नगरपालिका–३ का दुई जनालाई सामूहिक जबरजस्ती करणीको आरोपमा आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन् । स्थानीय महिलालाई सामूहिकरुपमा करणी गरी दुवै जना गत चैत १० गतेदेखि फरार रहँदै आएका थिए ।

दुवै जनाविरुद्ध पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन् । महिलाले उजुरी दिएपछि दुवै जना फरार थिए । घर आएका बेला दुवै जना पक्राउ परेका हुन् । दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्