आठ भारतीय प्रहरीको हत्या गरेका दुबे पक्राउ – Janadesh Daily | ePaper

आठ भारतीय प्रहरीको हत्या गरेका दुबे पक्राउ


एजेन्सी ।

नयाँदिल्ली ।भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका विकास दुबे पक्राउ परेका छन।

उनी मध्यप्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट बिहीबार बिहान पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ।

अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका थिए। राज्यका प्रहरी प्रमुख हितेश चन्द्र अवस्थीले त्यहाँको दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी गएको बताएका थिए।

प्रहरी आउने सूचना पाइसकेको दुबेको समूह त्यहाँ जेसिबीले बाटो अवरूद्ध गरेर बसेका थियो। उनीहरूले त्यसपछि प्रहरी त्यहाँ पुग्नेबित्तिकै वरिपरिका घरका छतबाट गोली बर्साएका थिए।

उनलाई खोज्दै भारतीय प्रहरी नेपालगञ्ज पनि आएको थियो। भारतीय प्रहरीले दुबेबारे सूचना दिनेलाई दुई लाख ५० हजार रुपैयाँ भारू पुरस्कार दिने घोषणासमेत गरेको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्