साढे ७ हजार बढी प्रहरीले जागरि छाडे – Janadesh Daily | ePaper

साढे ७ हजार बढी प्रहरीले जागरि छाडे


जनादेश, काठमाण्डौ ।

पछिल्लो ३ बर्षको अबधीमा साढे ७ हजार बढी प्रहरी कर्मचारीले जागिर छाडेका छन् । जागिर छोड्नेमा कार्यालय सहयोगीदेखि प्रहरी नायव महानिरीक्षक डीआईजी सम्मका रहेका छन् ।

पछिल्लो तीन वर्षमा ७ हजार ७ सय १४ प्रहरी कर्मचारीले जागिर छाडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जागिर छोड्नेमा जवान र हवल्दार धेरै रहेका छन् । ति ७ हजार ७ सय १४ जना प्रहरी कर्मचारीले जागिर छाड्दा सरकारलाई ४ अर्व ९० करोड ३९ लाख रुपैयाँ नोक्सान भएको छ ।

प्रहरी भर्ना देखी आबस्यक तालिम, भोजन सहित अन्य विभिन्न सेवा सुबिधामा सरकारले ४ अर्ब ९० करोड खर्च भएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्