जनादेश, काठमाण्डौ ।
१७औँ निजामती सेवा दिवसको अवसरमा ४० जना कर्मचारी पुरस्कृत हुने भएका छन् ।
निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्रोत अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना कर्मचारीहरूमा सुरतकुमार बम, डिलाराम पन्थी, जनकराज दाहाल, सुशील कुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन् ।
त्यसैगरी ३० जना कर्मचारीलाई निजामती पुरस्कारले पुरस्कृत गरिएको छ । निजामती कर्मचारीबाट पुरस्कृत हुनेहरुमा टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, रघुराम विष्ट, कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, रोशनी देवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे, नानुका पोखरेल आचार्य, मञ्जु सिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे रहेका छन् ।
अन्यहरुमा प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयाँल रहेको मन्त्रालय स्रातले जनाएको छ । पुरस्कृत हुने कर्मचारीहरुको नामावली आज प्रकाशन हुँदै छ ।