चिनियाँ कम्पनीका हजारौं कर्मचारीलाई कोरोनाविरुद्धको खोप – Janadesh Daily | ePaper

चिनियाँ कम्पनीका हजारौं कर्मचारीलाई कोरोनाविरुद्धको खोप


एजेन्सी ।

चिनियाँ औषधि उत्पादक कम्पनीले आफ्ना हजारौं कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप दिएको  बताएको छ ।

चीनको चर्चित साइनो भ्याक बायोटेक कम्पनीले आफूले उत्पादन गरेको कोरोना विरुद्धको खोप कम्पनीका कर्मचारी, उनीहरुका परिवार र आफन्तलाई समेत स्वयंसेवीरुपमा उपलब्ध गराइएको बताएको छ ।

कम्पनीका प्रवक्ता लिउ पेइछङले साउथ चाइना मोर्निङ पोष्टलाई बताए अनुसार कम्तिमा ३ हजार कर्मचारी र उनीहरुका परिवारले खोप लिएका छन् । उनीहरुलाई स्वेच्छिकरुपमा खोप दिइएको पनि कम्पनीले बताएको ।

साइनो भ्याकले तयार गरेको कोरोना भ्याक नामक कोरोनाविरुद्धको खोप तेश्रो चरणको क्लिनिकल ट्रयालमा छ । यो चरणमा सफल भए खोपको वृहत उत्पादन सुरु हुने छ ।

कम्पनीका बरिष्ठ प्रबन्धक चाङ यिनानले आफूले पनि कम्पनीको खोप लगाएको बताइन् । यो खोपको परीक्षण युएईका ३५ हजार मानिसमा पनि गरिएको छ ।

र यो पनि_ भाइरस भयावहः विश्वमा २ करोड ७२ लाख ८१ हजार संक्रमित, ८ लाख ८७ हजारको मृत्यु

रुसले बनाएको कोरोना खोपको नतिजा सकारात्मक 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्