पासवर्ड बनाउँदै कहिल्यै नभुल्नुस यी ४ कुरा – Janadesh Daily | ePaper

पासवर्ड बनाउँदै कहिल्यै नभुल्नुस यी ४ कुरा


इन्टरनेटमा कुनै पनि जानकारी सुरक्षित राख्नका लागि सबै भन्द ध्यान दिनु पर्ने कुरा हो अकाउण्टको सुरक्षित पासवर्ड । इन्टरनेटमा सक्रिय हुँदै गएका ह्याकर र साइवर अपराधीहरुले पासवर्ड कमजोर भयो भने तपाइँबाट गलत फाइदा उठाउन सक्छन् । तसर्थ बैंक एटिएमको पिन देखि पासवर्ड सम्मका कुरा सँधै युनिक र आफूले मात्र थाहा पाउने खालको हुनु पर्छ ।

भुल्ने डरले मान्छेहरु सजिला पासवर्ड राख्छन् । सजिलै र सबै अकाउण्टमा एउटै खालको पासवर्ड राख्ने बानी नराम्रो हो । यसले तपाइँलाई असुरक्षित बनाउँछ ।

पासवर्ड राख्दा भुल्नै नहुने ४ कुरा

१ अल्फा न्यूमेरिक
पासवर्ड राख्दा सकेसम्म नम्बर र शब्द दुवै भएको अर्थात अल्फा न्यूमेरिक बनाउनु पर्छ । पासवर्ड कम्तिमा ८ अक्षरको बनाउनु पर्छ । अधिकाँशलाई थाहै छैन कि पासवर्ड बनाउँदा स्पेस मात्र पनि प्रयोग गर्न सकिन्छ । स्पेस राखेको पासवर्ड हतपति अरुले अनुमान समेत गर्न सक्दैनन् ।

२ युजरनेम पासवर्ड
कतिपय ब्यक्ति आफ्नो युजर नेम र पासवर्ड एउटै राख्छन् । यो एकदम गलत बानी हो । उस्तै बनाउनै परे पनि युजर नेममा केही अक्षर वा अंक जोडेर मात्र पासवर्ड बनाउनु राम्रो हुन्छ । उदाहरणका लागि hell0u2@ युजर नेम छ भने @2u0lleh पासवर्ड राख्न सकिन्छ ।

३ फोन नम्बर
पासवर्डमा फोन नम्बर भुलेर पनि नराख्नुस् । आफ्नो वा अफिसको नम्बर अझ कुनै निकट ब्यक्तिको नम्बरलाई पासवर्ड बनाउने बानी छ भने आजै देखि छोडिदिनुस् । त्यसै गरी आफ्नो जन्मदिनको मितिलाई पनि कहिल्यै पनि पासवर्ड बनानाउनुस् ।

४ परिवर्तन
पासवर्ड समय समयमा बदलिरहनु पर्छ । किन भने कुनै अर्थमा तपाइँको पासवर्ड अरुले थाहा पाए भने पनि केही समयको अन्तरालमा बदलेपछी त्यसको झन्झटबाट बँच्न सकिन्छ । आफ्नो पासवर्ड सँधै याद राख्नुस् कतै लेख्ने बानी छ भने आजै देखि छोड्नुस् ।

र यो पनि- सुत्ने बेलामा कहिल्यै नगर्नुस् यी ८ काम

वास्तु शास्त्रः घरमा राख्न अशुभ मानिन्छ यी ६ तस्विर 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्