कोरोना असरः काभ्रेमा सरकारी कार्यालयको सेवा बन्द – Janadesh Daily | ePaper

कोरोना असरः काभ्रेमा सरकारी कार्यालयको सेवा बन्द


जनादेश, काठमाण्डौ ।

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् ।

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताएकाछन् ।

यस्तै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सदरमुकाम धुलिखेलस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वन एकाइ ९भवन०, राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा र धुलिखेलस्थित काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएका हुन् ।

बैंकले भने एक जना कर्मचारीमा सङ्क्रमण देखिएकाले धुलिखेल शाखाका सबै कर्मचारीको पिसीआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ ।

साथै सोही मितिदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना सङ्क्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३२४ मा सङ्क्रमण देखिएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्