१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ – Janadesh Daily | ePaper

१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


कास्की ।

प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

चुडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२ गतेको फैसलाले चार वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकिएका गिरी फरार थिए । पेशाले ड्राइभर रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्