९६ वर्षीय ठकुरीबाट के सिक्ने ? – Janadesh Daily | ePaper

९६ वर्षीय ठकुरीबाट के सिक्ने ?


सिन्धुपाल्चोक ,

नेपाली बजारमा डोको, राय लगाएत बासका समानहरुको लोप हुने अबस्थामा पुगेका छन् ।

बासका घरेलु सामानको उत्पादनमा राज्यले ध्यान नदिँदा धेरैले यो पेशाबाट हात धुनु परेको छ । यसतो अबस्थामा पनि बलेफी गाउँपालिका ४ निवाबोटेका ९६ वर्षीय दलबहादुर मल्ल ठकुरी डोको बुन्दै आउँनु भएको छ ।

उहाँको दिनचर्या जीवन दाम्लो बाट्ने र डोको बुन्ने हो । अहिले बजारमा भारतबाट आयात गरिएका पलास्टिकका डोको र अन्य सामानहरु किन्न पाइन्छ ।

नेपालकै गाउँघरमा प्रसस्तै पाइने बाँस र नियालाका सामानहरु उत्पादन गर्न सके धेरैले रोजगारी पाउनुका साथै विदेश जाने पैसा पनि स्वदेशमै रोक्न सकिने ठकुरी बताउँनु हुन्छ । हातमा सीप भएकोले जीवनमा कहिल्यै कसैसंग दुईपैसा माग्न नपरेको र सजिलैसंग जीबन कटेको उहाँ बताउँनु हुन्छ ।

हामीले ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा नै बेरोजगारी बढेको उहाँको भनाई छ । नयाँ पुस्ता कामकाजमा भन्दा ज्यादा ध्यान दाम र माममा रहेको उहाँको अनुभव छ । तस्वीरः देवराज सुवेदी /रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्