अमेरिकालाई चीनको चेतावनीः अनर्गल प्रचारले सम्बन्ध समाप्त हुन सक्छ – Janadesh Daily | ePaper

अमेरिकालाई चीनको चेतावनीः अनर्गल प्रचारले सम्बन्ध समाप्त हुन सक्छ


एजेन्सी ।
अमेरिकाले चीनको सैनिक र सुरक्षा विकास प्रतिवेदन सन् २०२० सार्वजनिक गर्दै जथाभावी रुपमा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्धबारे अनर्गल प्रचार गरेको प्रतिक्रिया चीनले दिएको छ ।

प्रतिवेदनले चीनको राष्ट्रिय प्रतिरक्षात्मक नीति र सैनिक रणनीतिको बदनाम गर्दै तथाकथित चिनियाँ सैनिक त्रास भन्ने धारणाको प्रचार प्रसार गरेकोमा बेइजिङले आपत्ति जनाएको हो ।

अमेरिकाले चिनियाँ राष्ट्रिय प्रतिरक्षा र सेनाको आधुनिकीकरण विकासलाई बदनाम गर्नुका साथै राष्ट्रिय प्रतिरक्षात्मक आय-ब्यय, आणविक नीति र ताइवान आदि समस्याको सम्बन्धमा चीनमाथि निराधार दोषारोपण गरेको चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता ऊ छ्येनको भनाई छ ।

लगातार २० वर्षदेखि यस्ता प्रतिवेदनलाई निरन्तरता दिएको भन्दै चीनले त्यस्ता गतिविधिबाट चीन र अमेरिका तथा दुई देशका सेना बीचको सम्बन्धलाई ध्वस्त पार्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुस् 

भारतलाई चीनको सन्देशः अमेरिका, जापान र अष्ट्रेलियाको भड्काउमा नलाग

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्