एक महिनामा विपतमा परि १०७ जनाको मृत्यु, कयौ घाइते – Janadesh Daily | ePaper

एक महिनामा विपतमा परि १०७ जनाको मृत्यु, कयौ घाइते


चन्द्रप्रकाश नेपाली

घोराही । मनसुन सुरु भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा परि नेपालमा १ सय ७ जनाको मृत्यु भएको छ । जेठ ३० गते यता मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरो र चट्याङले मात्रै ९५ जनाको मृत्यु भएको छ ।


यस बाहेक ९ जनाको सर्पले डसेर मृत्यु भएको छ भने ३ जनाको आगोले जलेर मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै पहिरोका कारण देशभर पछिल्लो एक महिनामा ७६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३९ जनाको यसै साता गएका पहिरोमा मृत्यु भएको छ भने३५ जना बेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् ।


यस्तै चट्याङ लागेर १७ जनाको मृत्यु भएको । प्राधिकरणका अनुसार एक महिनाभित्र बाढी पहिरोले देशभर ४ सय घर परिवार प्रभावित भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्