इङ्ल्याण्ड-अष्ट्रेलिया वानडे सेरिजः अन्तिम खेलमा पाहुना टोलीले निकाल्यो सनसनीपूर्ण नतिजा – Janadesh Daily | ePaper

इङ्ल्याण्ड-अष्ट्रेलिया वानडे सेरिजः अन्तिम खेलमा पाहुना टोलीले निकाल्यो सनसनीपूर्ण नतिजा


एजेन्सी ।

इङ्ल्यान्डसँगको वान डे क्रिकेट सिरिजमा अन्तिम खेल रोमान्चक नतिजासहित टुङ्गिएको छ । अन्तिम खेलमा अस्ट्रेलियाले घरेलु टोलीमाथि सनसनीपूर्ण जित निकालेको हो ।

बुधबार म्यान्चेस्टरमा भएको खेलमा पाहुना टोली अस्ट्रेलियाले ३ विकेटको सनसनीपूर्ण जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको इङ्ल्यान्डले अस्ट्रेलियालाई ३०३ रनको चुनौति दिएको थियो । ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले २ बल बाँकी छँदै पूरा गर्‍यो ।

जितसँगै तीन खेलको सिरिज अस्ट्रेलियाले २–१ ले आफ्नो पक्षमा पारेको छ।

अस्ट्रेलियाका टप अर्डरका ब्याट्स्मेनले राम्रो स्कोर बनाउन नसक्दा अस्ट्रेलियाको इनिङ धरासायी बनेको थियो। तर छैठौँ र सातौँ नम्बरमा एलेक्स क्यारी र ग्लेन म्याक्सवेलले सतक बनाउँदै टिमलाई जिताए। छैठौँ नम्बरमा आएका क्यारीले २ छक्का र ७ चौकाको मद्दतमा १०६ रन बनाए। त्यस्तै सातौँ नम्बरमा आएका म्याक्सवेलले ७ छक्का र ४ चौका हिर्काउँदै १०८ रन जोडे। हारउन्मुख बनेको खेल यी दुई ब्याट्स्मेनले उकासेका हुन्।

त्यस्तै हाइ स्कोर बनाएका दुबै जना आउट भएपछि अस्ट्रेलियाको इनिङ पुनः खराब अवस्थामा पुगेको थियो। तर नवौँ क्रममा आएका मिचेल स्टार्कले फिनिसिङ गेम खेल्दा खेल अस्ट्रेलियाको पक्षमा आएको हो।

यसअघि ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो। इङ्ल्यान्डका ओपनर जोनी बेयरस्टोले शतक हिर्काए। उनले २ छक्का र १२ चौकाको मद्दतमा ११२ रन बनाएका हुन्। त्यस्तै साम बिलिङ्सले ५७ र क्रिस वोक्सले ५३ रन बनाए।

यो पनि हेर्नुस्- नेपाली क्रिकेटको भविष्य मानिएका ६ खेलाडी

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्