बामदेवबारे सामाजिक सञ्जालमा जुहारी, विरोध गर्नेलाई माधव नेपालका सल्लाहकारको जवाफ – Janadesh Daily | ePaper

बामदेवबारे सामाजिक सञ्जालमा जुहारी, विरोध गर्नेलाई माधव नेपालका सल्लाहकारको जवाफ


जनादेश, काठमाडौं ।
चौतर्फी विवाद र विरोधकाबीच नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएको छ । प्रत्यक्ष चुनाव हारेकालाई राष्ट्रियसभामा लैजानु अनैतिक भएको विरोध गर्नेहरुको तर्क छ ।

बामदेवले विहीबार राष्ट्रियसभा सदस्यको शपथ लिएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा गौतममात्र होइन नेकपाको पनि आलोचना भैरहेको छ ।

बामदेवको संसदयात्रामा प्रश्न गर्नेहरुलाई माधव नेपालका सल्लाहकारले जवाफ फर्काएका छन् । नेकपा विदेश विभागका उपप्रमुख तथा पूर्वप्रधानमन्त्री माधव नेपालका तत्कालीन प्रेस सल्लाहकार विष्णु रिजालले पार्टी निर्णयको बचाउ गरेका हुन् ।

नेकपा केन्द्रीय सदस्य समेत रहेका रिजालले ट्वीटरमा लेखेका छन्, “राष्ट्रियसभा प्रत्यक्ष जननिर्वाचित संस्था होइन। यसमा विविध कारणले प्रत्यक्ष निर्वाचित हुन नसकेका, आवश्यक ठानिएका, राजनीतिमा योगदान गरेका र निर्वाचक पार्टी-सरकारलाई उपयुक्त लागेका मानिसहरू रहने हो।” ।

 

 

बामदेवलाई राष्ट्रियसभामा लैजानु नाजायज नरहेको तर्कसहित उनले अगाडि भनेका छन्, “कोही प्रतिनिधिसभामा जान समर्थ भएन भने राष्ट्रियसभाका लागि स्वत: अयोग्य हुँदैन होला।” ।

 

 

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाइएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेकपाको नियतमाथि नै प्रश्न उठाइएको छ । राजनीतिक विश्लेषक विष्णु सापकोटाले बामदेवलाई बधाई दिनेहरु उनकै मार्गका यात्री रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

 

यो पनि हेर्नुस् – 

नेकपाको नयाँ बहसः बामदेव र नारायणकाजी मन्त्री बन्न पाउने कि नपाउने

अन्तिम समयमा आएर पछि सर्‍यो पेरिस डाँडा बैठक, स्थगनको खास कारण यस्तो 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्