एजेन्सी ।
प्रिमियर लिग फुटबलमा आइतबार लिभरपुलले चेल्सीलाई हराएको छ । साडियो माने चम्किएको खेलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० गोलले हराएको हो ।
पहिलो हाफ गोलरहित भएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सीमित बन्यो ।
५० औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको इन्जुरी समयमा लण्डन क्लब चेल्सीले पेनाल्टीको अवसर गुमायो । जोर्गिन्होको प्रहार लिभरपुलका गोलकिपर एलिसनले बचाए ।
चेल्सीमाथि शानदार जितसहित लिभरपुलले नयाँ सिजन समेत उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ । लगातार दुई खेल जितेको लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । चेल्सीको २ खेलबाट ३ अंक भएको छ ।
यो पनि पढ्नुस्- आइपिएलमा दोश्रो दिन सनसनीपूर्ण खेल, सुपर ओभरमा सन्दीपको टिमले जित्यो